पूर्वराजाकाे सूभकामना सन्देश : विदेशी प्रभाव र परनिर्भरताबाट मुक्त हुनुपर्छ

Gyanendra_Shah
  • 764
    Shares
लोकपाटी न्यूज

काठमाण्डाैँ। पूर्वराजा ज्ञानेन्द्र शाहले विदेशी प्रभाव र परनिर्भरताबाट मुक्त हुनुपर्ने बताएका छन्। मंगलबार नयाँ वर्ष २०७८ सालको अवसरमा शुभकामना दिँदै पूर्वराजा शाहले राजननीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारिता सबैमा हुनुपर्ने भन्दै विदेशीसँगको प्रभावबाट मुक्त हुन सबैलाई आग्रह गरेका छन्। ‘अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्ने आवश्यकता हो। टाठाबाठा मात्र शुखी सम्पन्न सुविधाभोगी हुँदै जाने र निमुखा सर्वसाधारणहरुको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्याग्नै पर्ने हुन्छ’, शुभकामना सन्देशमा उनले भनेका छन्।

पूर्वराजा शाहले नेपालीहरुले फुटेर होइन जुटेर शक्ति संरक्षण गर्नुपर्ने बताएका छन्। उनले नेपालमा राजनीतिक संकट आइपरेको भन्दै सबैका साझा समस्या रहेको र एउटा बिग्रेको अर्कोले हेर्ने बेला नभएको पनि बताएका छन्। ‘नेपाली हामी फुटेर होइन शक्तिकाे संरक्षण गरौ जुटेर। एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ । हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला छैन् । सबैको एउटै उदेश्य हुनुपर्दछ। एउटै कामना हुनुपर्छ । देशको उन्नती र अधोगति हामीहरुकै हातमा छ । पहिले देश अनि मात्र आफू भन्ने भावना सबैमा हुनु आवश्यक छ ’, उनले भनेका छन्।

निषेध र चक्रब्यूहबाट बाहिर आउनुपर्ने बताउँदै उनले मेची महाकाली बचाउने पालो हाम्रै भएको बताएका छन्। ‘निषेध र चक्रब्यूहबाट बाहिर आउनैपर्छ। मेची महाकाली–देश बचाउने हाम्रो पाली। नेपाल हाम्रो पहिचान हो। सनातन हाम्रो संस्कार हो ’, उनले भनेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्