दाेस्राे चरणकाे खाेपका लागी ताेकिए १९ अस्पताल

Corona_Vaccine
  • 14
    Shares
लोकपाटी न्यूज

काठमाडौं। कोरोनाविरुद्धको पहिलो चरणको खोप लगाइसकेकाका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने स्थान र मिति सार्वजनिक गरेको हो।

पहिलो चरणमा गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म राजधानीका विभिन्न १९ अस्पतालमा खोपको दोस्रो डोज लगाउन लागिएको हो। सरकारले पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई कोभिसिल्ड खोप लगाइदिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्