सकभर लकडाउन हुँदैन, परिस्थिति खराब भए विकल्प छैन : ओली

kp-sharma-oli
  • 319
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कोभिडको महामारीका बेलामा सकेसम्म लकडाउन गर्ने पक्षमा नभएको स्पष्ट पारेका छन्। प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन्।

सरकारले लकडाउन गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै उनले सकेसम्म लकडाउनको पक्षमा आफूहरु नरहेको बताए। तर कोरोनाको दोस्रो लहरबाट बच्नका निम्ति लकडाउनको सहारा लिनुपर्ने अवस्था आउन सक्ने उनको भनाई छ। प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले लकडाउन गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे।

‘म लकडाउनको धम्की दिने हैसियत राख्दिन दिन पनि चाहान्न। म सजग रहन नागरिकलाई आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भने। उनले परिस्थिति विग्रन नदिन र कोभिडको प्रोटोकल पालना गर्न आग्रह गरे। उनले सतर्कताका विधिबाट परिस्थितिलाई बिग्रन नदेऔं भन्ने आग्रह रहेको बताए। ओलीले भने ‘परिस्थिति बिग्रियो भने लकडाउनसम्म पुग्नुपर्ने हुनसक्छ सचेत हुनुपर्छ।’

ओलीले साढे १८ लाखले कोरोना खोप लगाइसकेकोसमेत बताए। प्रधानमन्त्री ओलीले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न अपिल गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्