जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना, दुईको मृत्यु

Accident-1
  • 22
    Shares
लोकपाटी न्यूज

गुल्मी। गुल्मीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना पुरुषको मृत्यु भएको प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताए।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी निरीक्षक गैरेले बताए। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना भएको हो।
गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना भएको हो।

उक्त गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्य पन्थी, खरिदार किशोरी भण्डारी लगायत सवार रहेको बताइएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्