अस्पतालमा भर्ना नपाएर छट्पटाइरहेका कोरोना संक्रमितको मृत्यु

coronadeath
फाइल तस्वीर
  • 22
    Shares
लोकपाटी न्यूज

एजेन्सी। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीले यतिबेला भारत महासंकटमा फसेको छ। देशका विभिन्न क्षेत्रमा कोरोना महामारीले उग्ररूप लिइरहेको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएर बिरामीले अस्पतालमा भर्ना नै नपाउने अवस्था छ।

झारखण्डको हजारीबागबाट उपचारका लागि राजधानी राँची पुगेका ६० वर्षीय पवन गुप्ताले अस्पतालमा भर्ना नै नपाई प्राण त्यागेका छन्।
आफन्तहरूले अस्पतालमा हारगुहार गर्दा समेत भर्ना नपाएपछि गुप्ताको मृत्यु भएको छ।

गुप्ताको मृत्यु त्यतिबेला भयो, जतिबेला प्रदेशका स्वास्थ्यमन्त्री बन्ना गुप्ता अस्पतालको निरीक्षणका लागि आएका थिए। बिरामीकी छोरीले मन्त्री गुप्तासामु हारगुहार गर्दा समेत उपचार भएन, बरु बिरामीको मृत्यु भयो। मन्त्री गुप्ताले पीपीई लगाएर अस्पतालको निरीक्षण गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनापछि मन्त्री गुप्ताले स्वास्थ्य विभागको लापरवाही क्षम्य नहुने जनाएका छन्। ‘गल्ती गर्नेमाथि कारवाही गरिन्छ,’ मन्त्री गुप्ताले भने ।