आमा बन्दै नायिका गरिमा पन्त र ऋचा शर्मा

garima-and-hari
  • 19
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अभिनेत्री गरिमा पन्त र ऋचा शर्माले आमा बन्न लागेको खुशी सार्वजनिक गरेका छन्। यी दुवै अभिनेत्रीले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्दै आफूहरु गर्भवती भएको जानकारी दिएका हुन्।

गरिमाले लामो समयदेखि बेल्जियममा बस्दै आएका हरि थपलियासँग प्रेम विवाह गरेकी हुन्। गरिमाले कालो पहिरनमा बेबी बम्प देखाउँदै हरिसँगको तस्वीर राखेकी छन्। ‘सृष्टिबाट सृष्टिकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’ गरिमाले लेखेकी छन्।

त्यस्तै अर्की अभिनेत्री ऋचाले नयाँवर्षको पहिलो दिन पति दीपेक्षविक्रम राणासँग सजीवनको विरुवामा पानी हाल्दै गरेको तस्वीर फेसबुकमा राख्दै आफू आमा बन्न लागेको जानकारी दिएकी छन्। ‘आमाले भन्नुहुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण आइरहेको छ। एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभास भैरहेको छ ।’ ऋचाले लेखेकी छन्।

reecha-and-dipexya pic

‘त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले सजीवनको रुख रोप्दैछौ। यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधै बनिरहोस् भन्ने तपाईहरु सम्पुर्णको आर्शिवादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, छोरी आज ठूली भई ।’ उनले अगाडि लेखेकी छन्। ऋचा र दीपेक्षको २०७६ साल मंसीरमा विवाह भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्