जीप दुर्घटनामा प्रशासकीय अधिकृत न्यौपानेसहित ३ को मृत्यु : घाइते ४ को अवस्था गम्भीर

Jeep_accident
  • 11
    Shares
लोकपाटी न्यूज

प्यूठान। स्वर्गद्धारी नगरपालिका १ रुमालेमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत श्याम न्यौपाने, गाडी चालक र अर्का एकजनाको मृत्यु भएको हो।

दुईजनाको पहिचान खुलेको छैन। गाडीमा १४ जना सवार थिए। ११ जना घाइते भएका छन्। घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार भइरहेको छ। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते ४ जनालाई उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्