खोप लगाएको ९ दिनपछि मुख्यमन्त्रीलाई कोरोना संक्रमण

yogi-adityanath_pic
  • 7
    Shares
लोकपाटी न्यूज

काठमाडौं। कोरोना खोप लगाएको ९ दिनपछि उत्तर प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमित भएका छन्। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ कोरोना संक्रमित भएका हुन्। मुख्यमन्त्री कार्यालयका कयौँ कर्मचारी र अधिकृतहरु संक्रमित भएपछि गरिएको परीक्षणमा मुख्यमन्त्री आदित्यनाथलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो।

कर्मचारीलाई संक्रमित पाइएपछि मंगलवार उनले आफूलाई सेल्फ आइसोलेसनमा राखेका थिए। सामाजिक सञ्जालमा आदित्यनाथले आफूलाई संक्रमण भएको बताएका छन्। ५ अप्रिलमा उनले कोरोनाविरुद्धको भ्याक्सिनको पहिलो डोज लिएका थिए।

उत्तर प्रदेशमा कोरोनाको दोस्रो लहरका कारण अवस्था झन् झन बिग्रँदो छ। यहाँ सक्रिय संक्रमितको संख्या ९५ हजार भन्दा धेरै पुगेको छ। अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटरको अभाव हुन थालेको छ। पूरा राज्यमा रेमडेसिभिर इन्जेक्सनको अभाव हुन थालेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले गुजरातको अहमदाबादबाट रेमडेसिभिर इन्जेक्सनको ५ हजार डोज मगाइएको छ। उनले अधिकारीहरुलाई तत्काल इन्जेक्सन आपूर्ति गर्न निर्देशन दिएका छन्।

उता दिल्लीमा लगातार बढिरहेको कोरोना संक्रमणबीच राज्य सरकारले फेरि होटल र हलमा कोभिड केयर सेन्टर बनाउने निर्णय लिएको छ। स्वास्थ्य मन्त्री सत्येन्द्र चौहानले अहिलेलाई अस्पतालमा बेड र भेन्टिलेटरको कुनै कमी नभएको बताएका छन्। तर बढ्दो मामिलालाई देखेर पूर्वतयारी गरिएको छ।

भारतमा मंगलवार एक लाख ८५ हजार १०४ नयाँ संक्रमित थपिएका छन्। हिजो मात्रै ८२ हजार २३१ संक्रमित निको भएका छन्। अहिले भारतमा एकै दिन १ लाख १ हजार ८३५ जना सक्रिय संक्रमित थपिएका छन्। नयाँ संक्रमितको आँकडाले पनि उचाइ लिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्