आज थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

coronavirus_blood_test
  • 96
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ४ हजार २ सय ८९ जनाको परीक्षण गर्दा ६ सय ५ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै काठमाडौं उपत्यकामा २५४ मा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

४५१ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना र पीसीआर विधिबाट ५८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। त्यसमध्ये उपत्यकामा ८० जना आइसीयुमा रहेका छन् २५ जना भेन्टिलेटरमा रहेका छन्। हालसम्म कोरोना संक्रमण मुक्त हुनेका दर ९७.५ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्