जनमाेर्चाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री गुरुङ अल्पमतमा

  • 148
    Shares
लोकपाटी न्यूज

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा परेका छन्। राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा परेका हुन्।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस विज्ञप्ति जारी गरेर प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्। गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेका छन् । जनमोर्चाले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको गुरुङ नेतृत्वको सरकार संकटमा परेको छ।

यसअघि माओवादी केन्द्रले गुरुङ सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाइसकेको छ। माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि पहल थालेका बेला राष्ट्रिय जनमोर्चालेसमेत सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गुरुङ सरकार संकटमा परेको हो।

६० सदस्यीय गण्डकी प्रदेशसभामा एमाले २८, कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादीका २ सदस्य छन् । मुख्यमन्त्री गुरुङलाई आफ्नो सरकार जोगाइराख्न ३१ सदस्यको साथ चाहिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्