नियोमेमाको एक विद्यालयमा आगलागी : २० बालबालिकाको मृत्यु

pic
  • 16
    Shares
लोकपाटी न्यूज

एजेन्सी। नाइजरको राजधानी नियोमेमा रहेको एक विद्यालयमा आगलागी हुँदा २० बालबालिकाको जलेर मृत्यु भएको छ। नाइजरको राजधानी नियोमेमा रहेको विद्यालयमा भएको आगलागीमा दर्जनौ विद्यार्थी घाइते भएका छन्।

विभिन्न कक्षा कोठामा विद्यार्थीहरु अध्ययनरत रहेकै बेला आगलागी भएको हो। आगलागीबाट विद्यालयका सम्पूर्ण कोठा जलेर नष्ट भएका छन्।

यसैबीच नाइजरका प्रधानमन्त्री ओहोउमोन्डेउ मोहमदले घटनास्थलको निरीक्षण गरी पीडित परिवारलाई उचित राहत दिने घोषणा गरेका छन्। उता अभिभावकहरुले भने विद्यालयका लापरवाहीका कारण आफ्ना बालबालिकाको ज्यान गएको भन्दै सरकारको आलोचना गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्