वडाअध्यक्षको टिपर भीरबाट खस्यो, एक शिक्षकसहित चालकको मृत्यु

Accident-1
  • 19
    Shares
लोकपाटी न्यूज

रसुवा। रसुवामा टिपर भीरबाट खस्दा दुई जनाको मृत्यु भएको छ। कालिका गाउँपालिका–१, ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख १६८८ नम्बरको खाली टिपर बुधबार राति साढे १२ बजेतिर राम्चे स्याउबारीनजिकै भीरबाट दुई सय मिटर तल खसेको हो।

दुर्घटनामा परी मृत्यु भएकाहरूमा २७ वर्षीय शिक्षक राजेन्द्र तामाङ र चालक २५ वर्षीय सागर तामाङ छन्। इलाका प्रहरी चौकी कालिकास्स्थानबाट खटिएको टोलीले गम्भीर घाइते दुई जनालाई उपचारका लागि बिहान ४ बजे रसुवा जिल्ला अस्पताल पु¥याएको थियो।

दुर्घटनामा परेको टिपर कालिका–१ का अध्यक्ष मालफुर्पा तामाङको भएको प्रहरीले जनाएको छ। टिपरमा वडाअध्यक्ष तामाङ पनि रहेको बताइएको थियो। तर, उनी दुर्घटनास्थलमा नभेटिएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्