अविश्वासको प्रस्ताव पारित गर्न सहज छैन : पृथ्वी सुब्बा गुरुङ

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। गण्डकी प्रदेशका मुख्यममन्त्री पृथ्वी सुब्बा गुरुङले अविश्वासको प्रस्तावको डटेर सामना गर्ने बताएका छन्। गुरुङले प्रदेश सभामा अविश्वासको प्रस्तात दर्ता भएमा डटेर सामना गर्ने बताएका हुन्।

गण्डकी प्रदेश सभामा रहेका नेकपा एमाले बाहेकका सबै दल एकै ठाउँमा उभिएर सरकार प्रतिस्थापन गर्न एक जुट भएसँगै सरकार ढल्ने निश्चित भएपछि गुरुङले यस्तो बताएका हुन्। उनले अविश्वास प्रस्ताव पारित गर्न सहज नभएको बताए।

प्रदेश सभाको निर्वाचनमा जाँदा नै एमाले र माओवादी मिलेर चुनाव लडेको स्मरणा गर्दै उनले त्यति बेला जनतालाई वामपन्थीको नेतृत्वमा स्थिर सरकार दिने बाँचा गरेको स्मरण समेत गरे।

जनताले त्यही नारालाई विश्वास गरेर मतदान गरेको र वामपन्थीलाई दुई तिहाइ नजिक पु¥याएको उनले दावी गरे। प्रदेशमा अस्थिरता सृजना गर्न खोज्ने काम भएको उनले बताए। विकास निर्माणका कामले गति लिइरहेको बेला सरकार परिवर्तनको प्रयास भइरहेको भन्दै गुरुङले प्रदेशका जनताले यो षड्यन्त्रको मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे।

सत्ता र स्वार्थलाई केन्द्रमा राखेर ल्याउन लागेको अविश्वासको प्रस्तावको आफ्नो दलले डटेर सामना गर्ने र त्यो प्रस्तावलाई फेल गराउन प्रयास गर्ने समेत उनले बताए। कुल ६० सांसद् रहेको प्रदेश सभामा राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए। गण्डकीमा एमालेको २८ सिट रहेको छ।

बिहीबार गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता हुँदै छ। कांग्रेस, माओवादी र जसपाको त्रिशंकु सरकार बन्नेछ। नयाँ बन्ने सरकारमा मुख्यमन्त्री काङ्ग्रेसका कृष्णचन्द्र नेपाली बन्ने निस्चित भएको छ। अन्य मन्त्रालय र मन्त्रीको भागबन्डा मिलेको हकमा बिहीबार नै अहिलेका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव एमालेबाहेकका अन्य दलले प्रदेशसभा सचिवालयमा दर्ता गराउने तयारी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्