गृहमन्त्रीकाे सपथ ग्रहणमा सभामुख सापकोटा र प्रधानन्यायाधीश राणा अनुपस्थित

  • 295
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री रामबहादुर थापा बादलको शपथ ग्रहण बहिस्कार गरेका छन्। माओवादीले सांसद पदबाट हटाएपछि स्वतः पदमुक्त भएका बादललाई ओलीले लगत्तै आइतबार सोही पदमा नियुक्त गरेका थिए। नियुक्तिपछि साँझ राष्ट्रपति निवास शितल निवासमा पद तथा गोपनीताको शपथग्रहण कार्यक्रममा सभामुख सापकोटा अनुपस्थित भएका हुन्।

शपथ ग्रहणको कार्यक्रम चलिरहँदा सभामुख सापकोटा भने पूर्व निर्धारित पत्रकार महासंघको कार्यक्रममा सहभागी भइरहेको उनको सचिवालयले जनायो। शपथ ग्रहणमा प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा पनि उपस्थित भएनन्।

राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित भए। तर औपचारिक जनाकारी पाएर पनि सापकोटा नगएको शितल निवास स्रोतले जानकारी दियो। पूर्वमाओवादी पृष्ठभूमिका सापकोटा र प्रधानमन्त्री ओलीको सम्बन्ध तिक्त छ। ओलीले सार्वजनिक रुपमै सभामुखको खरो आलोचना गर्दै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्