नेपाली नारी समाज पोर्तुगलको अध्यक्षमा श्रेष्ठ

pic 1
  • 12
    Shares
लोकपाटी न्यूज

पुनम गौतम/ पोर्तुगल, ६ बैशाख। नेपाली नारी समाज पोर्तुगलको अध्यक्षमा सीता श्रेष्ठ (शिवानी) चयन भएकी छन्। तेस्रो महाअधिवेशनले श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। कोरोना महामारीका कारण जुम भर्चुअलमार्फत् अधिवेशन सम्पन्न गरिएको हो।

समाजको उपाध्यक्षहरुमा प्रितु लामा, ज्योत्सना अधिकारी, गिता रेउले (डि.सि), जानकी सुवेदी (पोर्तो) सहित पुनम गौतम महासचिवमा चयन भएकी छन्। त्यस्तै सचिवमा कल्पना कार्की र मोनिका भुसाल, कोषध्यक्षमा डोङ्गा ल्हामु शेर्पा, सह–कोषाध्यक्षमा देवि गुरुङलाई चयन गरिएको छ। यसैगरी कार्यसमिति सदस्यहरुमा लक्ष्मी परियार, स्मृति न्यौपाने, इन्दिरा श्रेष्ठ, अंकिता खनाल, गंगा लामा, स्नेहा परियार, बबिता शर्मा, बिन्दु गौतम पौडेल, ईन्द्रकुमारी थापा (चेली), बुद्धिमाया गुरुङ र सत्यदेवी गुरुङसहित ११ जना सदस्य रहेका छन्।

pic

सन् २०१४ देखि पोर्तुगलमा महिलाहरुको क्षेत्रमा समाजिक रुपमा कार्य गर्दै आइरहेको समाजले प्रवासबाटै नेपाली चेलीबेटीहरुको पक्षमा वकालत गर्दै आइरहेको छ। पोर्तुगलमै बसोबास गर्ने महिलाहरुको समस्या, हिंसामा परेका महिलाहरुको समस्याहरुलाई दुई पक्ष राखेर मिलाउने कोशीश गर्दै समाधानको बाटो पहिल्याउन र नेपालबाट आउने समस्याहरुलाई समेत मध्यनजर गर्दै कानूनी परामर्शसहित उचित समाधान गर्ने गरेको छ।

साथै समाजले महिलाहरुको क्षमता विकास, सिपमुलक कार्य तथा तालीमको साथै विदेशी भूमिमा रहेका दिदिबहिनीहरुलाई लक्षित गर्दै हाउस किपिङ, ब्युटिसियन तालिम लगायतका थुप्रै अवसरहरु प्रदान गर्ने गरेको छ। तेस्रो कार्यकालमा युवाहरुको बाहुल्यता बढि भएकाले नयाँ कार्यसमितिले आगामी दिनमा थप उत्साहजनक कार्य गर्ने जनाएको छ।

छुटेर नभई सबै नेपाली दिदिबहिनीहरु परदेशमा जुटेर लाग्नुपर्ने लिस्बनका लागि महाबाणिज्यदूत मकर हमालले बताए। प्रमुख अतिथि समेत रहेका हमालले भाइचाराको रुपमा अगाडि बढन आग्रह गर्दै नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरे। गैरआवासिय नेपाली संघ पोर्तुगलको कार्यबाहक अध्यक्ष समेत भएकी अध्यक्ष श्रेष्ठले यसपटक समग्र पोर्तुगलबासी दिदिबहिनीहरुको हकहितका लागि अझ शसक्त रुपमा अगाडि बढाउनका लागि आफ्नो भूमिका महत्त्वपूर्ण हुने बताइन्। संस्थापक अध्यक्ष सीता बरालको संयोजकत्वमा निर्वाचन समिति तय गरिएको थियोे भने समाजकी संरक्षक तथा लैङ्गिक विशेषज्ञ डाक्टर ज्योति तुलाधरले नयाँ कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्