आजदेखि सुनवलका विद्यालयमा माई सेकेण्ड टिचर कार्यक्रम सुरु

Photo
  • 75
    Shares
लोकपाटी न्यूज

रमेश भुसाल/ सुनवल, ६ बैशाख। आजदेखि पश्चिम नवलपरासीको सुनवल नगरपालिका भित्रका सामुदायिक विद्यालयमाहरुमा माई सेकेण्ड टिचर कार्यक्रमका शुभारम्भ भएको छ। अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर कायम गर्ने उद्देश्यका साथ सुनवल नगरपालिका वडा नम्वर ४ स्थित रमवापुरा मा.वि मा माई सेकेन्ड टिचर कार्यक्रम सुरु गरिएको हो।

त्यस्तै महाकवि देवकोटा मा.वि, धान्याञ्चल मा.वि र जगन्नाथ मा.वि पनि सुरु गरिएको छ। माई सेकेन्ड टिचर कर्याक्रम क्याम्वृज युनिर्भरसिटी र थाईन्याडको प्याडागोजी डिर्पाटमेन्ट द्धारा विकास गरिएको हो। अहिले यो कार्यक्रम दक्षिण एसियाका १८ भन्दा बढि देशहरुमा संचालन भैरहेको इनेभेटिभ नेपाल ग्रूपका प्रर्वद्धक निर्देशक शुलभ वुढाथोकिले जानकारी दिए।

यो कार्यक्रममार्फत् पठनपाठनका बारेमा अभिवावक ,शिक्षक, विद्यार्थीहरुले सजिलै जानकारी पाउने र नियमनकारी निकायलाई समेत नियमन गर्न सजिलो हुने वुढाथोकिको भनाइ छ। अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्ने उद्देश्यका साथ संचालित कार्यक्रमलाई सुनवल नगरभित्रका सामुदायिक विद्यालयहरुमा पनि सफल बनाउन नगरपालिकाको साथ र सहयोग रहने सुनवल नगरपालिकाका नगरप्रमुख भिम वहादुर थापाले बताए।

शुभारम्भ कार्यक्रम सुनवल नगरपालिकाका नगर उपप्रमुख दधिराम अर्याल, सुनवल नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद गोतामे, विद्यालय व्यवस्थापन समिति संजालका अध्यक्ष सूर्य न्यौपाने, शिक्षक नगर महासंघका अध्यक्ष वावुराम पाण्डे, रमवापुर मा.विका विद्यालय व्यावस्थापन समितका अध्यक्ष खड्क बस्नेत लगाएतले कार्यक्रम सफल र प्रभाबकारी हुने विश्वास व्यक्त गरे। माई सेकेण्ड टिचर कार्यक्रम आजै सुभारम्भ गरिएका चार विद्यालयसंगै सुनवल नगपालिका भित्रका सवै १२ ओटा सामुदायिक विद्यालयहरुमा संचालन गर्ने सहयोगी संस्था इनेभेटिभ नेपाल ग्रूपले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्