अक्सिजन अभावमा भारतमा २५ जनाकाे मृत्यु

  • 26
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको अबस्था भयावह बनेसँगै अस्पतालहरुमा अक्सिजनको समेत अभाव भएको छ। दिल्लीको गंगाराम अस्पतालमा पर्याप्त अक्सिजन आपूर्ति नहुँदा गएको २४ घण्टामा पच्चीस सिकिस्त बिरामीको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ।

अस्पतालका मेडिकल डाइरेक्टरले सामाजिक सञ्जालमा दुई घण्टाका लागि अक्सिजन रहेको र ६० जना बिरामीको ज्यान खतरामा रहेको भन्दै ‘एसओसएस’ सन्देशमार्फत् सहयोगका लागि याचना गरेको सञ्चारमाध्यमहरुले जनाएका छन्। त्यसको केही घण्टामै अक्सिजनका ट्याकंरहरु अस्पताल पुगेका थिए। जसले गर्दा थप बिरामीको ज्यान जान पाएन।

अस्पतालमा पाँच सयभन्दा बढी कोरोना संक्रमित उपचाररत रहेको र त्यसमध्ये १४० जनाभन्दा बढीलाई अक्सिजन दिइएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। अक्सिजन आपूर्तिपछि ठूलो खतरा टरेको भए पनि राति आपूर्ति भएको अक्सिजन धेरै समयका लागि नपुग्ने बताइएको छ।