‘धरहराभन्दा अग्लो अहंकार’

  • 818
    Shares
लोकपाटी न्यूज

रमेश मल्ल

जलिरहेको पृथ्वी
बलिरहेको पर्यावरण
बढिरहेको प्रर्दुशन
बिग्रिरहेको जनस्वास्थ्य
आजका भोली
सुधार हुने कुनै संभावना छैन
त्यो सँग सामना गर्ने
सरकारसँग कुनै योजना छैन।

 

कोरोनासँग जुध्ने
हस्पिटलमा प्रर्याप्त अक्सिजन छैन
बाली बिग्रेको दुई सिजन भो
भकारीमा अन्नको गेडा छैन
अर्को लहरको कोरोना आयो
रोजगारी गुमाउनेको हिसाव छैन
मजदुर किसान बाँच्छन कसोरी
शासकसँग कुनै जवाफ छैन।

 

छ त शासकसँग केवल
दम्भ, घमण्ड र अहंकार
शासकले धरहरा बनायो रे
शासकले रेलगाडी चलायो रे
के शासकलाई थाहा छैन होला
भेन्टिलेटरको विरामी
धरहरा हेरेर फर्किन्न
झुपडीको भोको पेट
रेलगाडी देखेर भरिन्न

 

तर भजनमण्डली र्कितन गर्छन
तिमि शासकको जयगान गाउ
हनुमानहरु फर्मान गर्छन
हाम्रा मालिकको मोल पाउ
तर हनुमानहरु भन्दैनन
देश पुर्ननिमार्णको युगमा छ
राष्ट्रको सम्पति ढुकुटीमा छ
राष्टिय ढुकुटी, प्राविधिक दक्षता
पुर्खाको नासो, श्रमिकको पसिना
ठडिएको हो धरहरा बनेर
भक्तजनहरु बोल्दैनन
राष्टको स्वाभिमान, देशको सान
राष्ट्रिय सम्पदा, मुलुकको पहिचान
उठिरहेछन विश्व सम्पदा भनेर

 

धरहरा ठडिनु पथ्र्यो, ठडियो
त्यो भन्दा बढी शासकको अहंकार ठडियो
सम्पदा उभिन पथ्र्यो, उभिदैछन
त्यो भन्दा बढी शासकको दम्भ उभियो
शासक असनको साँढे झैं भयो
उसले नागरिकलाई रैती देख्न थाल्यो
यो पल देशलाई अति कस्ट भो
जनमन शासकको विकल्प खोज्न थाल्यो

शासक एकतामा बेचैन भो
उसलाई विभाजनमा चैन भो
सुशासन उसले सुन्नै चाहेन
कुशासन उसको पहिचान भो
उ टुप्पी देखि पैतलासम्म
कमिशन, सिन्डीकेट र सौदाबाजीमा लिप्त बन्यो
सदाचारी उसँग बाँकी रहेनन
उ त भ्रष्टाचारको आहालमा डुब्यो
उसको ओठे राष्ट्रवाद
दक्षिण पश्चिमको हावामा उड्यो

 

उसले आफुलाई देशभन्दा माथि देख्छ
संविधानभन्दा माथि देख्छ
जनताभन्दा माथि देख्छ
र भन्छ, आई एम द स्टेट,
अब भत्काउनुछ
धरहरामाथि आकाशिएको उसको अत्याचार
अब फुटाउनुछ
बेलुनसरी फुलेको उसको अहंकार
र, लम्काउनु छ देशलाई
समृद्धिको यात्रामा
र, हिडाउनु छ देशलाई
स्वाधिनताको बाटोमा।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्