प्रेमलकुमार खनालको कविता ‘हाम्रो लाेकतन्त्र’

premalkumar khanal
  • 18
    Shares
लोकपाटी न्यूज

संसद छ, जनआवाज सुन्ने कान बहिरो भएको छ
न्यायालय छ, सर्वत्र सेटिङ्गको चर्चाले आस्था डग्मगाउदैछ
सरकार छ, अझै सिंहदरबार वरिपरि घुम्दै छ
दलहरूछन, हुकुमी,स्वेच्छाचारी सर्वसत्तावादी नेतृत्व हावी हुदैछ
सार्वभौम जनता छन, भोट बैकमा सीमित हुदैछन
स्वतन्त्र सार्वभौम देश छ, विदेशीहरुको गिद्देदृष्टिपर्दैछ
अर्थतन्त्र छ, पराधीन र दलालपुंजीवादको फन्दामा पर्दैछ

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्