त्रिदेशीय क्रिकेट जित्ने नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री ओलीको बधाई

KP sharma Oli-22
  • 745
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिदेशीय क्रिकेट जित्न सफल नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्। उत्कृष्ट ब्याटिङ र बलिङको नमूना पेस गरेको नेपालले शनिबार नेदरल्यान्ड्समाथि १४२ रनको विशाल जित निकालेको थियो।

नेपाल, मलेसिया र नेदरल्यान्ड्स बिच काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा हिजो नेपालले फराकिलो रन अन्तरले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।

समाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले नेपाली टिमलाई बधाई दिएका हुन्। ‘नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार बिजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधई,’ ओलीले भनेका छन्।

हिजो भएको खेलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले १७.२ ओभरमा अलआउट हुँदै ९६ रन मात्र बनाउन सक्यो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्