प्रश्नपत्र आउट गर्ने १० जना पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज
0 Shares

विराटनगर। प्रश्नपत्र आउट गराएको आरोपमा १० जना पक्राउ परेका छन्। पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक भएको घटनामा संलग्नताको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको हो। वैशाख ३ गते विश्वविद्यालयको इञ्जिनियरिङ संकायतर्फ बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र परीक्षापूर्व नै सार्वजनिक भएको थियो।

उक्त घटनामा संलग्नको आरोपमा कोमलप्रसाद गौतम, गोपाल कार्की, विजय पोखरेल, मिनप्रसाद भट्ट, भरत पठन, विकास खड्का, निर्मल खड्का, नानीपथ मण्डल, जीवनकुमार यादव र महेश यादव रहेका छन्।
पक्राउ पर्ने कोमलप्रसाद गौतम विश्वविद्यालयको फोटोकपी फाँटमा काम गर्ने कार्यालय सहायक हुन्। अरु भने विद्यार्थी हुन्।

मोरङका प्रहरी प्रवक्ता डीएसपी मञ्जिल मुकारुङका अनुसार विश्वविद्यालयको फोटोकपी गर्ने कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गरी प्रश्नपत्र बाहिर पु¥याएका हुन्। उनीहरुमाथि शिक्षा ऐन २०२८ अनुसार कारबाहीका लागि अनुसन्धान गरिरहेको डीएसपी मुकारुङले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्