रविचन्द्र अश्विनले आईपीएलबाट लिए ब्रेक

rabichandra-aswin pic
  • 8
    Shares
लोकपाटी न्यूज

एजेन्सी। दिल्ली क्यापिटल्सका खेलाडी रविचन्द्र अश्विनले यस वर्षको आईपीएलबाट ब्रेक लिएका छन्। परिवारका सदस्यमा कोरोना पोजिटिभ देखिएपछि खेलाडी अश्विनले आईपीएलबाट ब्रेक लिएका हुन्। सोमबार सामाजिक सञ्जालमार्फत् अश्विनले आफ्नो परिवार र आफन्त कोरोनाबाट लडिरहेकाले यो समयमा आफूले उनीहरूलाई साथ दिने जानकारी गराएका छन्। उनले सबै कुरा ठिक भएको खण्डमा आफू खेलमा फर्कने पनि संकेत गरेका छन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्