त्रिविका सबै परीक्षा स्थगित

1602123599_TU
  • 27
    Shares
लोकपाटी न्यूज

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुले संचालन गर्ने वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगन गरेको छ।

दोस्रो लहरको कोरोना संक्रमणको कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय भएको त्रिविले जनाएको हो।

सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले पूर्वनिर्धारित, वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षा वैशाख १४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले विज्ञप्ति जारी गर्दै त्रिवि आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुको वार्षिक तथा समेस्टर प्रणालीका स्नातक तथा स्नातकोत्तर तहका सञ्चालित र सञ्चालन हुने प्रक्रियामा रहेका विभिन्न परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्