काेराेनाकाे जाेखिमविरुद्ध महानगरबासी मिलेर लडौं : मेयर दाहाल

Renu Dahal
लोकपाटी न्यूज
0 Shares

चितवन। नेपालमा फैलिएको दोस्रो लहरको कोभिड–१९ को संक्रमण भरतपुर महानगरपालिकाभित्र पनि तीब्र रूपमा फैलिँदै गएको हुनाले उच्च सतर्कता अपनाउन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गरेकी छन्। प्रमुख दाहालले संक्रमणको जोखिम उच्च रहेको हुनाले यसको रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन सम्पूर्ण महानगरवासी तथा सरोकारवालाहरुमा अनुरोध गरेकी छन्। उनले विज्ञप्तिमार्फत सार्वजनिक स्थान, सडक, यातायात तथा कार्यालयहरुमा अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डका उपायहरु अवलम्बन गर्न सबैमा आग्रह गरेकी छन्।

व्यवसाय सञ्चालन गर्दा २ मिटरको भौतिक दूरीको कायम राख्न र पसल अगाडि तथा अन्य सार्वजनिक स्थलहरूका ठाउँ ठाउँमा हात धुने, सेनिटाइजर र मास्कको प्रयोग गर्न महानगरले सबैलाई आग्रह गरेको छ। अति आवश्यक काममा मात्र घरबाहिर निस्कन र घरबाहिर निस्कँदा अनिवार्य रूपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न विज्ञप्तिमा आग्रह गरिएको छ।

भीडभाडजन्य गतिविधि तथा कार्यक्रमहरुको आयोजना नगर्न , नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न विज्ञप्तिमा भनिएको छ। कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्य परीक्षण गर्न, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला तथा असहायहरुको सबैले विशेष ख्याल गर्न, कोभिड–१९ को दोस्रो लहरबाट आफू र समुदायलार्इ जोगाउन आ–आफ्नो ठाउँबाट सहयोग पु-याउन माग गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्