सभामुख सापकोटाले गरे बुद्धपार्कको शिलान्यास

pic 2
  • 22
    Shares
लोकपाटी न्यूज

सिन्धुपाल्चोक। सभामुख अग्निप्रसाद सापकोटाले सोमबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ को पानी ट्यांकी डाडामा निर्माण हुने बुद्धपार्कको शिलान्यास गरेका छन्। शिलान्यास कार्यक्रम पछि संक्षिप्त सम्बोधन गर्दै सभामुख सापकाटाले दर्शनको खडेरी परिरहेको अवस्थामा नेपालमा जन्मिएका गौतम बुद्धको दर्शन अरबौं मानिसमा पुगिसकेको चर्चा गरे।

उनले मैखाउँ मैलाउ भन्ने भावना र व्यवहार प्रदर्शीत भइरहेको वर्तमानमा त्यागका पर्याय गौतमबुद्धबाट धेरै सिक्न सकिने बताए। चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ को गौंरती सामुदायिक बन क्षेत्रमा पर्ने पानीट्यांकी डाँडामा निर्माण हुने उक्त बुद्धमुर्ती ६७ फिट अग्लो बन्नेछ।

pic 1

कुल ६ करोड २१ लाख ५३ हजार ७ सय ८८ रुपैयाँ लागतमा उक्त बुद्धपाक बन्ने नगरपालिका मेयर अमान सिं तामाङले नयाँ अभियानलाई जानकारी दिए। सुकुटे आउने पर्यटकलाई सांगाचोकको गढि, ईर्खुको रानीपोखरी, बुद्ध पार्क ,गौरती मन्दिर हुँदै ओख्रनीको चिया वगाउन घुम्न सक्ने गरी पर्यटन केन्द्रित कार्यक्रममा नगरपालिकाले जोड दिएको नगरपालिकाका प्रमुख अमान सिंह तामाङले बताए।

बुुद्धपार्कको निमार्णको लागि वैशाख १० गते मुर्ति उमा/काली/प्रसीन जेभीले निर्माण सम्झौता गरेको छ। कम्पनीले समयमा नै काम सम्पन्न गरे २०७९ जेठ २२ पछि बुद्धको मुर्ति सहित भ्यू टावर अवलोकन गर्न पाईनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्