सीटीईभीटीका परीक्षा र कार्यक्रम पनि स्थगित

CTEVT-Building pic
  • 8
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले पनि आफ्ना परीक्षा र कार्यक्रमहरु तत्कालको लागि स्थगित गरेको छ। काठमाडौं उपत्यकाका देशभरका विभिन्न भागमा कोरोना संक्रमण बढि रहेको भन्दै सीटीईभीटीले सबै परीक्षा र कार्यक्रमहरु बन्द गरेको हो।

सीटीईभीटीले मंगलबार सूचना जारी गर्दै आफ्नो क्षेत्र अन्तर्गतका सम्पूर्ण परीक्षा तथा कार्यक्रम अर्का सूचना जारी नभएसम्मको लागि स्थगित भएको जानकारी दिएको छ। राष्ट्रिय सीप परीक्षण समिति, प्राविधिक प्रशिक्षण प्रतिष्ठान लगायत देशभर हाल सञ्चालन भईरहेका सैद्धान्तिक एवं प्रयोगात्मक परीक्षा र छोटो अवधिका तालिम कार्यक्रमहरु अर्का सूचना नआउँदा सम्मको लागि बन्द भएको जारी सूचनामा उल्लेख गरिएको छ।

TEVT

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्