बुधबारदेखि बाजुराका विद्यालय बन्द

bajura school
  • 41
    Shares
लोकपाटी न्यूज

राजेन्द्र बिक\ बाजुरा, १५ वैशाख। कोभिड-१९ लाई मध्यनजर गर्दै बाजुरामा बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको छ। मंगलबार बसेको जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले अर्को सूचना जारी नभए सम्मका लागि विद्यालय बन्द गर्ने निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताए।

भौतिक उपस्थित हुने गरि पठनपाठन, कोचिङ्ग सेन्टर, परिक्षा सञ्चालन नगर्ने निणर्य गरेको भण्डारीले बताए। बाजुरा जिल्लामा पछिल्लो समय ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। भारतबाट बाजुरा आउनेको संख्या बढेसँगै बाजुरा पनि कोरोनाको उच्च जोखिममा रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्