अमेरिकाले लगायाे भारत यात्रामा प्रतिबन्ध

  • 21
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। कोरोना भाइरसको संक्रमणले अतिप्रभावित बनेको भारतबाट हुने यात्रामा अमेरिकाले प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध आउँदो मंगलबार अर्थात मे ४ मा लागू हुने ह्वाइट हाउस प्रवक्ता जेन साकीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ।

अमेरिकी नागरिक तथा कानूनी रुपमा स्थायी बसोबासको स्वीकृति पाएका बाहेकलाइ तत्काललाई भारतबाट अमेरिका जान प्रतिबन्ध लगाइएको उनले जनाएकी छन्। ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को सल्लाहमा अमेरिकाले यस्तो कदम चालेको जनाइएको छ।