गुजरातकाे कोभिड केयर सेन्टरमा आगलागी हुँदा कम्तिमा १२ बिरामीको मृत्यु

लोकपाटी न्यूज

नयाँदिल्ली। भारतको गुजरातमा कोभिड केयर सेन्टरमा आगलागी हुँदा कम्तिमा १२ जना संक्रमित बिरामीको मृत्यु भएको छ। समाचार संस्था पीटीआईका अनुसार आगो शनिबार बिहान १ बजेबाट लाग्न सुरु भएको हो। अस्पतालमा आगलागीको भयानक दृश्य भारतीय सञ्चारमाध्यमहरुले प्रकाशन र प्रशारण गरिरहेका छन् । चारतले सेन्टरमा आगलागीका समय ५० जना बिरामीको उपचार भइरहेको थियो। बाँकी बिरामीलाई स्थानीय, सुरक्षाकर्मी र दमकलका कर्मचारीहरुले सकुशल बाहिर निकालेका थिए नजिकको अर्को अस्पतालमा सारेका थिए ।

एक प्रहरी अधिकारीले बिहान ६ः३० बजे पीटीआईसँगको कुराकानीमा हालसम्म मृत्यु हनेको संख्या १८ रहेको बताएका थिए। यसअघि १२ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो । भरूचका एसपी राजेद्रसिंह चुडासामाले भने १२ जनाको मृत्यु धुँवामा निसास्सिएर भएको जनाएका थिए। ‘बाँकी ६ जनाको मृत्यु भएको हो वा अर्को अस्पताल सिफ्ट गरिएको हो, यकिन भइसकेको छैन,’ उनले भने। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

भारतमा कोभिड अस्पतालमा आगलागी भएको यो पहिलो घटना होइन। यसअघि गत अप्रिल २३ मा महाराष्ट्रको पालघर जिल्लाको विरारस्थित विजय वल्लभ अस्पतालको कोभिड सेन्टरमा आगो लाग्दा आईसीयूमा उपचाररत १३ बिरामीको मृत्यु भएको थियो। त्यसको २ दिनअघि पनि महाराष्ट्रकै नासिकस्थित एक कोरोना अस्पतालमा अक्सिजन लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको ज्यान गएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्