खरिद मूल्य बढेर आएकाे भएतापनि निगमले भाउ नबढाउने

nepal-oil-nigam-2-
  • 83
    Shares
लोकपाटी न्यूज

काठमाडौं। भारतबाट ईन्धनको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले भाउ नबढाउने भएको छ। पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १ मे २०२१ मा प्राप्त खरिद मुल्य अनुसार पेट्रोलियम पदार्थको मुल्य बढेर आएको निगमले जानकारी दिएको छ। पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ ७६ पैसा, डिजलमा प्रति लिटर ३ रुपैयाँ ४२ पैसा र एलपी ग्यासमा प्रति सिलिण्डर ३७५. १३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । जसले गर्दा निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब नोक्सानी हुन जाने निगमले बताएको छ।

हाल कोभिड १९ को दोस्रो लहरले देशको समग्र आर्थिक स्थितिलाई विषम परिस्थितिमा पुर्‍याउन सक्ने अवस्था रहेकाले नघटाएको निगमले बताएको छ। निगमले भनेको छ, ‘यो स्थितिलाई गम्भिरतापूर्वक मनन गरि आफ्नो तर्फबाट केही हदसम्म अर्थतन्त्रमा सहयोग पुगोस् भन्ने उदेश्य लिई हाललाई पेट्रोलियम पदार्थ तथा एल.पी. ग्यासको बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैमा यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराईन्छ।’