काँग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि

BishwaPrakash_Sharma
  • 20
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमुना परीक्षण गर्दा उनमा कोरोना भाइरस सङ्क्रमण भएको पाइएको हो।

शर्माले सामाजिक सञ्जालमार्फत आइतबार बेलुकी गरिएको स्वाब परीक्षणमा आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। मनोबल उच्च राखेर डेरामै आइसोलेसनमा बसिरहेको र डा. अनुप बास्तोलाको निर्देशनअनुरुपको औषधि सेवन सुरु गरेको शर्माले बताए।

उनले कोरोना संक्रमणबाट जोगिनका लागि सजग रहन सबैलाई आग्रह पनि गरेका छन्। ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार अस्पताल पुगेर स्वाब दिएँ। बिहानीपख रिपोर्ट आयो-पोजेटिभ,’ उनले भनेका छन्, ‘टेकुका डा. मित्र अनुप बाँस्तोलाको निर्देशनअनुरूपको औषधि सेवन सुरु गरेको छु। डेरामै आइसोलेसनमा छु। लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ।’