वीर अस्पताललाई कोरोना अस्पताल बनाउने तयारी

Birat_Hostital
फाइल तस्बिर
  • 79
    Shares
लोकपाटी न्यूज

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शैयाको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन्।

सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास वैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेका हुन्।

काठमाडौं उपत्यकामा कोरोनाका बिरामीहरू बढिरहेकाले अस्पतालमा बेडको अभाव भएको गुनासो आएपछि सिसिएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको छ।

उपप्रधानमन्त्री पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी कोरोनाका कारण उत्पन्न परिस्थितिका विषयमा जानकारी समेत लिएका छन्। उनले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन समेत दिए।