रिलायन्स लाइफ इन्स्योरेन्सकाे तेस्राे त्रैमासमा बीमाशुल्कसंगै बढ्याे मुनाफा

  • 22
    Shares
लोकपाटी न्यूज

काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा बीमशुल्कसंगै मुनाफा बढेको छ। कम्पनीको बीमाशूल्क १३१ प्रतिशतले बढेपनि नाफामा पनि सुधार भएको हो। यस अवधिमा कम्पनीको बीमाशूलक १३१.४३ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७९ करोड ७१ लाख ९४ हजार रुपैयाँ बीमशुल्क आर्जन गरेको थियो।

कम्पनीको बीमाशुल्कसंगै मुनाफा पनि १३.७६ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको यहि अवधिमा ५ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको मुनाफा ६ करोड ५८ लाख ६६ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १८ पैसा, प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ८८ पैसा र मूल्य आम्दानी अनुपात १७४.०८ गुणा रहेको छ। चालु आर्थिक वर्षको चैतसम्ममा कम्पनीले १२ हजार १२० वटा बीमालेख बिक्री गरी १ अर्ब ९० करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यस अवधिमा कम्पनीले १४२ वटा दाबी वापत २३ करोड ६४ लाख भुक्तानी गरेको छ भने ११ वटा दाबी वापत ७ लाख ८१ हजार रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ।