क्रिकेटर थिसरा परेराद्वारा सन्यासको घोषणा

thiesara parera
  • 5
    Shares
लोकपाटी न्यूज

एजेन्सी। श्रीलंकाका अलराउन्डर क्रिकेटर थिसरा परेराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। सोमबार परेराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन्।

श्रींलकाबाट ६ टेष्ट १६६ एकदिवसीय र ८४ टि–२० खेल खेलका परेराले तीन ढाँचामा कुल तीन हजार सात सय ४५ रन र २३६ विकेट लिएका छन्। परेराले सन् २००९ मा भारतविरुद्धको एकदिवसीय खेलमा श्रीलंकन टोलीबाट डेब्यु गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्