यूनाइटेड इन्स्योरेन्सको सीइओमा उपासना पौडेल नियुक्त

  • 18
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन्। पौडेललाई चार वर्षका लागि सीइओमा नियुक्त गरिएको हो। पौडेल ३४ वर्षको उमेरमा बिमा कम्पनीको पहिलो महिला सीइओ बनेकी छिन्।

विगत एकदशकभन्दा बढी कार्यानुभव भएको तथा दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्टमा एमबीएसम्मको अध्ययन पूरा गरेकी उनले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी छन्।

उनले यसघि यूनाइटेड इन्स्योरेन्स कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन्। उनको कार्य सम्पादनप्रति सन्तुष्ट कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।