आईसीसीको नयाँ वरियता सार्वजनिक, नेपाल कति औं स्थानमा ?

icc
  • 18
    Shares
लोकपाटी न्यूज

काठमाडौं। आइतबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आफ्नो नयाँ वरियताको सूची सार्वजनिक गरेको छ। जसको टी–ट्वेन्टी वरियतामा नेपालले १ खुड्किलो चढेको छ। भर्खरै सम्पन्न त्रिकोणात्मक टी–ट्वेन्टी शृंखलाको उपाधि जितेको नेपाल टी–ट्वेन्टी वरियतामा १३औं स्थानमा उक्लिएको छ।

यस अघि १४औं स्थानमा रहेको नेपालको अहिले सम्मको उत्कृष्ट वरियता ११औं स्थान हो। टी–ट्वेन्टी वरियतामा इङ्ल्यान्ड, भारत र न्युजिल्यान्ड क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै एकदिवसीय क्रिकेटको वरियतामा पनि नेपाल १ स्थान माथि चड्दै १६औं स्थानमा रहन सफल भएको छ। एक्दियसिय क्रिकेट बरियतामा न्युजिल्यान्डको टोली शीर्ष स्थानमा छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः अस्ट्रेलिया र भारत रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्