एकैदिन ७ हजार ४४८ जनामा कोरोना पुष्टि, हालसम्मकै धेरै

corona_veriyent
  • 14
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६ सय ५८ पीसीआर परीक्षणबाट ७ हजार ३८८ र ५१८ एन्टिजेन परीक्षणबाट ६० जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ।

पछिल्लो २४ घण्टामा थप ३७ कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ। सोमबार संक्रमण र मृत्यु दुवै नेपालमा हालसम्मको सर्वाधिक संख्या हो।