कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

Shankar_Bhandari-
  • 14
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी ग्राण्डी अस्पताल भर्ना भएका छन्। नेता भण्डारी कोरोना उपचारका लागि अस्पताल भर्ना भएका हुन्।

उनी तीन दिनअघि कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बस्दै आएका थिए। सोमबार साँझदेखि श्वासप्रश्वासमा केही समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन्। नेता भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेसनमा रहेको प्रेस सल्लाहकार डम्बर अधिकारीले जानकारी दिए।