कोरोनाबाट ३० वर्षीया जनप्रतिनिधिको निधन

coronadeath
फाइल तस्वीर
  • 9
    Shares
लोकपाटी न्यूज

बाग्लुङ। बागलुङमा कोरोना संक्रमित १ महिलाको मृत्यु भएको छ। जिल्लाको ताराखोला गाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा सोमवार राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो।

श्वासप्रश्वासकै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा। शैलेन्द्र विक पोखरेलले बताए । उनी गाउँ कार्यपालिका सदस्य थिइन्। रासस