विदेशमा कोरोनाबाट थप ११ नेपालीको मृत्यु

Corona_Death
सांकेतिक तस्बिर
  • 14
    Shares
लोकपाटी न्यूज

दोहा। कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ। यो साता भारतमा थप १० जना सहित ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ।

हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ। यो सातामा साउदीमा पनि थप एक जनाको संक्रमणका कारण ज्यान गएको संघले जनाएको हो।

संघको स्वास्थ्य समितिको गत शनिवार साँझसम्मको तथ्यांकअनुसार भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३ सय ८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ।

स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत रहेका २० हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ। ती मध्ये १७ हजार भन्दा बढी कोरोनामुक्त भएका छन्।

अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने ती मध्ये ८२ हजार १ सय ९७ जना कोरोना संक्रमण मुक्त भएको उनले जानकारी दिए। यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका केही नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्