राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनकाे एजीएम जेठ ११ गते, आईपीओ निष्कासनकाे प्रस्ताव पारित गर्ने

  • 34
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा जेठ ११ गते गर्ने भएको छ। सभा बिहान ९ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट गर्ने हुँदैछ।

सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। साथै सभाले आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका बैशाख २८ गते देखि जेठ ११ गतेसम्म बन्द रहनेछ । वैशाख २७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्