बिना मेकअप सुन्दर देखिने १० उपाय

Beauty_Girl
  • 35
    Shares
लोकपाटी न्यूज

मान्छेले अक्सर आफूलाई सुन्दर देखाउन प्रयत्न गरिरहेका हुन्छन्। कसरी आफ्नो अनुहार चमक ल्याउने, कसरी समग्र शरीरको ढाँचा आकर्षक बनाउने भन्नेमा सोच्ने गर्छन्। अक्सर मन्छे आफूलाई अरूको सामुन्ने आकर्षक र भिन्न देखाउन चाहन्छन्। सबैको अगाडि आफूलाई राम्रो देखाउन चाहन्छन्। यसका लागि मान्छेले शारीरिक सरसफाइदेखि ब्युटी ट्रिटमेन्टसम्म, व्यायामदेखि खानपानसम्ममा आवश्यक सतर्कता अपनाइरहेका हुन्छन्। कसैले राम्रो देखाउन बिस्तारै आफूलाई परिमार्जन गर्छन्।

आजभोलि हामी फेशनको लागी जस्तो सुकै पनि टिप्स प्रयोग गर्न तयार हुन्छौ। अझ कुनै पार्टीमा जानु छ भने त पालर नै धाउने गर्दछौँ। जसले गर्दा पैसाको र समयको खर्च हुने हुन्छ। र धेरै मानिसले के सोच्दछन् भने कि मेकअप नगरी सुन्दर देखिँदैन। बिना मेकअप पनि सुन्दर देखिन सकिने केही टिप्सहरूको बारेमा यहाँ चर्चा गरिएको छ।

तातो पानी पिउनुहोस्ः दैनिक तातो पानी पिउनुले तपाईँको तौल त नियन्त्रण हुन्छ नै। साथै अनुहारमा चमक पनि बढाउने काम गर्छ।

सनस्क्रिनको प्रयोग गर्नुहोस्ः जब घर बाहिर निस्कनु हुन्छ, गर्मी धेरै होस् वा कम। सनस्क्रिनको प्रयोग जरुर गर्नुहोस्। यसले तपाईँको छालाको सुरक्षा गर्छ। छाला डढ्नबाट जोगाउँछ।

नियमित फेशियल गर्नुहोस्ः नियमित फेशियल गर्दा अनुहारको मांसपेशी कसिलो हुन्छ। अनि ब्लड सर्कुलेशन पनि ठिक ढङ्गले प्रवाह हुन्छ। गुणस्तरीय मोश्चराइजर प्रयोग गर्ने गर्नुहोस्। जब अनुहार धोइन्छ, त्यसपछि फेशियल मोश्चराइजर लगाउनुपर्छ। राती प्रयोग गर्नका लागि धेरै पोषक मोश्चराइजर उपयुक्त हुन्छ।

अनुहार सफा राखौंः राती सुत्नुभन्दा पहिले फेस वासले अनुहार धुने बानी बसाल्नुस्। हप्तामा एक पटक अनुहार सफा गर्ने गर्नुहोस्।

धेरै पानी पिउनुहोस्ः आफ्नो अनुहार बिना मेकअप राम्रो देख्न चाहनुहुन्छ ? यदि चाहनु हुन्छ भने धेरै पानी पिउनुहोस्। धेरै पानी पिउने मानिसको छालामा राम्रो चमक देखिने गर्छ।

ब्राण्डेड उत्पादनको प्रयोगः आफ्नो अनुहारको चमक बढाउन चाहनुहुन्छ भने राम्रो ब्राण्डका कस्मेटिक उत्पादनको मात्र प्रयोग गर्ने गर्नुहोस्। जस्तो सुकै क्रिमको प्रयोग गर्ने गर्नुभयो भने अनुहारको छाला बिगार्न सक्छ। अनि छालामा सङ्क्रमण पनि गर्न सक्छ।

पौष्टिक आहारः डाइटमा विशेष गरी फलफूल तरकारी खाने गर्नुहोस्। यसले छालाको चमक बढाउन मद्दत गर्छ। पौष्टिक आहारले प्राकृतिक सुन्दरता प्रदान गर्छ।

मीठो निद्राः छालाको सुन्दरता बढाउन दिनमा ६ देखि ८ घण्टा सुत्न जरुरी छ। साथै मीठो निद्रामा पर्नु अति आवश्यक छ। रातभिरीको निद्राबाट ब्युँझिएपछि राम्रो महसुस हुनुपर्छ।

नियमित व्यायामः हरेक हप्तामा कम्तीमा तीन तीन घण्टा शारीरिक व्याम गर्ने गर्नुहोस्। यसले स्वास्थ्यमा सुधार र निखार आउँछ।

हाँस्न नभूल्नुहोस्ः सुन्दरता देखाउन चाहनुहुन्छ भने हाँस्न गर्नुहोस्। जब तपाई भित्रैदेखि खुसी हुनुहुन्छ तब तपाईँको अनुहारमा एक अलग चमक देखिन्छ। हाँसोले मानिसको सुन्दरता बढाउँछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्