अवैध सामानसहित दुई पक्राउ

abaid saman baramad
  • 2
    Shares
लोकपाटी न्यूज

बर्दिया। बर्दिया जिल्लाका बिभिन्न नाकाहरुमा खटिएको सशस्त्र प्रहरी बलले नेपालको सीमा गस्ती टोलीले भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुलरिया नगरपालिका १० रत्नपुर बस्ने वर्ष २२ को अधुरी गोडिया, सोही ठाउँका वर्ष २० का प्रेम कुमार गोडिया रहेका छन्।

बरामद गरिएका सामानहरुमा ४६३ लिटर डिजेल, प्लास्टिकका कुर्ची ८५ थान, बिस्कुट, सुर्तिजन्य पदार्थ, २ वटा मोटरसाईकल बरामद गरिएको हो। बरामद गरिएका सामानहरुको मूल्य एक लाख दश हजार रहेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपालमार्फत् सीमा सुरक्षाको चुस्त व्यवस्थापन गर्ने दिर्घकालिन नीति र कोभिड–१९ संक्रमण नियन्त्रण गर्न नेपाल सरकारद्धारा निर्देशित नीति नियम, निर्देशन, बन्दाबन्दी, निषेधाज्ञालाई पूर्ण रुपमा कार्यान्वयन गराउनको लागि सशस्त्र प्रहरी बल नेपालको जनशक्ति र बि.ओ.पि.हरु थप गरिएको छ।

सीमा वारपार हुने अपराधिक गतिविधिहरु न्यूनिकरण भई शान्ति सुरक्षाको अवस्थामा उल्लेख्य सुधार भएको छ। कोभिड–१९ संक्रमण नियन्त्रणमा महत्वपूर्ण योगदान भएको र राजश्वल छलि गरि हुने अवैध कारोबार बन्द भई राजश्व संकलनमा समेत बृद्धि गर्न विशेष योगदान रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्