देवचुली नगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी

Talabandhi
  • 3
    Shares
लोकपाटी न्यूज

नवलपुर। देवचुली नगरको प्रमुख र उपप्रमुख कार्यकक्षमा तालाबन्दी गरिएको छ। कोरोना संक्रमितलाई समयमा एम्बुलेन्स व्यवस्था गर्न नसकेको भन्दै सचेत नागरिक समूहले देवचुली नगरपालिकाको नगरप्रमुख र उपप्रमुख कार्य कक्षमा तालाबन्दी गरेका हुन्।

सोमबार देवचुली–१३ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स नपाएपछि ट्रयाक्टरमा अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएपछि तालाबन्दी गरिएको सचेत नागरिक समूहले जनाएको छ।

यसैबीच नगरभित्र पुग्ने गरी एम्बुलेन्सको व्यवस्था नहुँदासम्म नगरका पदाधिकारी कसैलाई पनि नगरपालिकाको गाडी चढ्न नदिने नागरिक अगुवा श्याम शर्मा भुसालले बताए। नगरपालिकामा कोभिड–१९ सँग जुध्न आवश्यक तयारी नगरेको भन्दै उनीहरुले स्थानीय सरकारलाई दबाव दिएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्