एक महिलाले एकै पटक जन्माइन् नौ सन्तान

pic 5
लोकपाटी न्यूज
0 Shares

एजेन्सी। अफ्रिकी मुलुक मालीकीकी एक महिलाले एकै पटक नौ सन्तानलाई जन्मदिएकी छन्। हालिमा सिस्से नामक २५ वर्षीया महिलाले पाँच छोरी र चार छोरी जन्माएकी हुन्। मोरक्कोमा सिजेरियन गरेर बच्चा जन्माइएको हो।

गर्भवती हुँदाखेरी स्क्यान गराउँदा सात सन्तान मात्र देखिएका थिए तर थप दुई पनि पेटभित्र रहेछन्। ती महिलाको गर्भमा यति धेरै बच्चा छन् भन्ने खबर आएपछि मालीका नेताहरूले सुरक्षित गर्भाधानका लागि प्रार्थना गरेका थिए।

‘नवजात शिशुहरू र आमाको स्वास्थ्य राम्रो छ,’ मालीकी स्वास्थ्यमन्त्री फान्ता सिबीले बयान जारी गरेर बताइन्। यसरी एकै बेतमा नौ सन्तान जन्मिनु अत्यन्तै दुर्लभ घटना हो। धेरै बच्चा पेटमा हुँदा तीमध्ये केही पूर्णविकसित हुन नसक्ने गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्