महिला लघुवित्तमा एक हजार लगानी गर्नेहरुले बिहीबारसम्म कमाए ५० हजार

Share Market
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। तीन महिनाअघि महिला लघुवित्त वित्तीय संस्थामा एक हजार रुपैयाँ लगानी गर्नेहरुले बिहीबारसम्म सम्पतिको भाउ ५० हजार पुर्याएका छन्। महिला लघुवित्तले गत माघ ३० गतेबाट १०० रुपैयाँअंकित दरका सेयर निष्काशन गरेको थियो। कम्पनीले कुल ४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियो। यो सेयरमा ६३ गुणा बढिको आवेदन परेको थियो।

अधिकांसले सेयर पाएका थिएनन्। ३७ हजार ५०० जनाले मात्र सेयर पाएका थिए। कम्पनीको सेयर बजारमा सूचिकृत भएको ३५औं कारोबार दिनमा मूल्य १० प्रतिशतले बढेर प्रति कित्ता ५ हजार ३० रुपैयाँ पुगेको छ। कम्पनीको सेयर छिटपुट मात्र २०/३० कित्ता कारोबार भएको छ। नभए अधिकांस कारोबार १० कित्ताका दरले भएको छ। महिलाको सेयरमा सामूहिक लगानी कोषका १९ वटा स्किमको संस्थागत लगानी छ। सूचिकृतपछि १५ वटा कोषले लगानी बढाएका छन्।कम्पनीले चालु बर्षको चैत मसान्तसम्म ६ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको छ। चुक्ता पुँजी १० करोड रुपैयाँ छ।

बिहीबार काराेबार खुलेकाे केहि समयमा नै  लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात  प्रतिकित्ता ४५७ रूपैयाँले बढेर  ५ हजार ३० रुपैयाँ पुगेको छ।

लगातार बढ्दै गएको उक्त कम्पनीको कारोबार भने निकै कम छ। पछिल्ला कारोबार दिनहरुको कारोबार हेर्दा दैनिक २ हजार ५०० कित्ताभन्दा धेरै कारोबार हुन सकेको छैन। बुधबार कम्पनीको २ हजार २४५ कित्ता शेयर कारोबार भएको थियो भने मंगलबार २ हजार ४३० कित्ता र सोमबार २ हजार ४२० कित्ता शेयर कारोबार भएको थियो।

महिला लघुवित्तको आइपीओ हात पार्ने लगानीकर्ताले ३ महिना पनि नपुग्दै १ हजारको लगानीले ५० हजार रुपैयाँ कमाएका छन्। आइपीओ १० कित्ता शेयर १०० रुपैयाँको दरमा किनेका लगानीकर्ताले बिहीबारसम्म्मा हजारौ गुणा आम्दानी गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्