काङ्ग्रेसले बाेलायाे संसदीय दलको बैठक

  • 62
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठक अघि रणनीति तय गर्नको लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

कांग्रेसले आउँदो शनिबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको हो। विश्वासको मत लिने भन्दै प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाएको अवस्थामा कांग्रेसले कसरी अघि बढ्ने भन्नेबारेमा रणनीति बनाउनको लागि बैठक बोलाएको हो।

कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने प्रष्ट पारिसकेको छ। साथै कांग्रेसले माओवादी केन्द्रसँग मिलेर आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी पनि गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्