देउवालाई भेट्न बूढानीलकण्ठ पुगे माधव नेपाल

लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन्। बिहीबार साँझ नेता नेपाल देउवालाई भेट्न उनकै निवास पुगेको स्रोतले जनाएको छ। उनीहरुबीच साँझ ५:४५ बजेदेखि छलफल चलिरहेको नेपालनिकट स्रोतले बतायो।

नेपाल पुगेको केहीबेरपछि उनी पक्षीय अर्का नेता भीम रावल पनि देउवा निवास पुगेका छन्। उनी सवा ६ बजे देउवा निवास छिरेको सोतले बतायो। यसअघि देउवासँग प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका थिए। त्यसको भोलिपल्ट देउवालाई भेट्न नेपाल पुगेका हुन्।

अहिले सभापति देउवा र नेता नेपालबीच प्रधानमन्त्रीले विश्वासको मत लिने निष्कर्षमा पुगेपछिको परिस्थिति र उनको पक्षमा कसरी विश्वासको मत पुग्न नदिने भन्ने विषयमै छलफल केन्द्रित रहेको बताइएको छ। बुधबार प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी कांग्रेससँग मुखै फोरेर विश्वासको मत मागेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्