मन्त्रिपरिषदको बैठक सकियाे, के के भयाे निर्णय ?

लोकपाटी न्यूज

काठमाडौं। मन्त्रिपरिषदको बैठक सकिएको छ। बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय भने नगरेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए।

उनले भने, ‘आजको बैठक नियमति बैठक हो। त्यस्तो कुनै निर्णय भएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि मन्त्रिपरिषद बैठक डाकेका थिए। एमाले अध्यक्ष समेत रहेका ओलीले त्यसअघि बिहीबार नै पार्टीको स्थायी समिति बैठक पनि राखेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्