बूढानीलकण्ठमा मा‌ओवादी अध्यक्ष प्रचण्ड र काङ्ग्रेस सभापति देउवाबीच छलफल जारी

  • 488
    Shares
लोकपाटी न्यूज

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन्।

प्रचण्ड शुक्रबार अपराह्न देउवा निवास प्रवेश भएको सुरक्षा स्रोतले जानकारी दियो। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएपछि राजनीतिक सरगर्मी बढेको छ। नेताहरूले सक्रियता बढाएका छन्। बिहीबार साँझ एमाले नेता माधवकुमार नेपालले देउवासँग भेटवार्ता गरेका थिए। उनको साथमा भीम रावल पनि थिए । रावल आज दिउँसो पनि देउवा निवास पुगेका थिए।